माओवादीले यसरी मनायो जनयुद्ध दिवस (फोटोफिचर)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७६ दिन अगाडि
माओवादीले यसरी मनायो जनयुद्ध दिवस (फोटोफिचर)

आज रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्धको सुरुआत गरेको दिन। आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ ।२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको हो । 

शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।

नेकपा माओवादी केन्द्रले आइतबार २८ औँ जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पार्टी पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागिता रहेको थियो । सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शहीदको तस्बिरमा फूलमाला अर्पण गर्दै सम्मान प्रकट गरेका थिए ।