काठमाडौं - भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने नेपाल भ्रमणका लागि सोमबार बिहान नेपाल आइपुगेका छन् । सचिवस्तरीय बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन् ।
आजैदेखि हुने परराष्ट्र सचिवस्तरीय वार्तामा उनीले भाग लिनेछन।
दुई मुलुकबीचको प्रशासन संयन्त्रमा हुन लागेको यो उच्चस्तरीय वार्तामा मुलुकको सीमा समस्या, ऊर्जा व्यापार, हवाईलगायतका विषयमा कुराकानी हुने बताइएको छ ।