जनयुद्ध दिवस’लाई लिएर गगन थापा र विश्वप्रकाश माथि मिनेन्द्र रिजालकाे प्रश्न

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७५ दिन अगाडि
जनयुद्ध दिवस’लाई लिएर  गगन थापा र विश्वप्रकाश माथि मिनेन्द्र रिजालकाे प्रश्न

काठमाडौं - नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले ‘जनयुद्ध दिवस’लाई लिएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रवक्ता प्रकाशशरण महतमाथि प्रश्न गरेका छन् । 

उनले फागुन १ लाई ‘जनयुद्ध दिवस’ को रुपमा मनाउने सरकारको निर्णयबारे पार्टी मौन रहेकोमा थापा, शर्मा र महतमाथि प्रश्न गरेका हुन ।

थापा, शर्मा र महतलाई ट्विटरमा मेन्सन गर्दै रिजालले यसबारे धारणा राष्ट्रपति निर्वाचनपछि कि अहिले आउँछ भन्दै प्रश्न गरेका हुन।

‘एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले बृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’ बारे हाम्रो दल नेपाली कांग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचनपछि ?’

सरकारले आइतबार बिदा दिने निर्णय गरेपछि माओवादी इत्तर कित्ताबाट उक्त निर्णयको विरोध भइरहेको छ। कांग्रेस नेता शेखर कोइरालाले पनि विरोध गरेका छन् ।