रवि लामिछानेको विषयमा एलिनाको स्पष्टीकरण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६४ दिन अगाडि
रवि लामिछानेको विषयमा एलिनाको स्पष्टीकरण

काठमाडौँ  – चर्चित गायिका एलिना चौहान यतिबेला फेरि चर्चामा छन् । अहिलेको चर्चाको विषय कुनै गीत संगीत नभएर एक अन्तर्वार्ता भएको छ । आइतबार टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा अतिथिको रूपमा सहभागी उनलाई कार्यक्रमका होस्ट प्रकाश सुवेदीले रवि लामिछानेको फोटो देखाएर कुन रूपमा चिन्नुहुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा उनले व्यक्ति रवि लामिछाने भए पनि  कुनै पनि रूपमा नचिन्ने बताएकी थिइन् ।

मिडियाकर्मीदेखि पछिल्लो समय राजनीतिक र नागरिकताको विषयले सबै तिर छाएका रविलाई चिन्दिन भनेपछि अहिले सामाजिक सञ्जालमा उनी ट्रोल बनिरहेकी छन् । कतिपयले उनले उनलाई गाइने भएर मात्र भएन, देशलाई चाहिने मानिस चिनिराख्नुपर्छ भनेर समेत व्यङ्ग्य गरिरहेका छन् । कतिले उनको फोटोसँग विभिन्न पोस्ट गर्दै उडाइरहेका छन् । कार्यक्रमको सुरुमा सुवेदीले रविको चर्चा पनि गरेका छन् । तरपछि फोटो देखाएर कुन रूपमा चिन्नुहुन्छ भन्दा कुनै रूपमा चिन्दिन भनेपछि उनी आलोचित बनेकी हुन । 

 

यसै विषयमा गायिका चाैहानले  सामाजिक संजालमा एकपोष्ट गर्दै रवि लामिछाने चिन्दिन भनेको भन्दापनि पर्सनर्ली चिनजान नभएको स्पष्ट पारेकी छन् ।

उनले लेखेकी छन् ‘मैले रवि लामिछाने चिन्दिनँ भनेको भन्दा पनि पर्सनर्ली अहिलेसम्म देखभेट नभएको र अन्तरवार्ता, कार्यक्रम नभएको हुनाले पर्सनर्ली चिन्दिनँ भनेकी थिएँ रवि दाइ समाजसेवी र युवा नेता हो । त्यसमा कुनै शङ्का छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला ।’ 

टिकटकतिर सानो क्लिप काट्दै अर्थको अनर्थ लगाएर गलत व्याख्या गर्ने काम भएको उनको बताइन् ।   उनले भनिन्, ‘भावनामा बगेर भन्दा पुरै अन्तरवार्ता हेरेर मात्र आफ्नो धारणा बनाउनु होला ।’ उनले पुरै अन्तर्वार्तामा आफूले गाली गर्नुपर्ने त्यस्तो कुनै काम समेत नगरेको बताएकी छन् । 

‘म हजुरकै छोरी, चेली र बहिनी हो । त्यसैले त्यति तल झरेर गाली नगरिदिनु होला । मैले जानीजानी कुनै गल्ती गरेकी छैन,’ उनले भनेकी छन् ।