पूर्वराजाबाट उद्घाटन गराएर दुर्गा प्रसाईंले सुरू गरे महाअभियान (तस्बिरहरू)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७५ दिन अगाडि
पूर्वराजाबाट उद्घाटन गराएर दुर्गा प्रसाईंले सुरू गरे महाअभियान (तस्बिरहरू)

झापा - पूर्वराजपरिवारका सदस्यहरूलाई अघि सारेर व्यवसायी दुर्गा प्रसाईंले आफ्नो महाअभियान सुरू गरेका छन् । आज मेची पुलमा पूर्वराजाले दीप बालेर महाअभियानको समुद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा पूर्वराजासहित उनका छोरा पूर्वयुवराज पारस शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि उपस्थित थिए । धेरैपछि पूर्वराजाका बाबुछोरा एउटै कार्यक्रममा देखिएका हुन् ।

प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायीक वातावरणको माग गर्दै ‘नागरिक बचाऊ महाअभियान’ सुरू गरेका हुन् । मेचीपछि महाकालीमा र त्यसपछि काठमाडौंमा द्वीप बालेर महाअभियान अघि बढाउने उनको योजना छ । केही दिनअघि उनले काठमाडौंमा महाअभियानको कार्यालय उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति थियो ।