प्रहरीको गाडी आगजनि पछि ल्होत्से मलभित्र तोडफोड [फोटो फिचर]

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७५ दिन अगाडि
प्रहरीको गाडी आगजनि पछि ल्होत्से मलभित्र तोडफोड [फोटो फिचर]

काठमाडौं -काठमाडौंको बालाजु क्षेत्रमा यातायात मजदुरले गरेको आन्दोलन नियन्त्रणबाहिर पुगेको छ ।

सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरेको छ ।

 

त्यहाँको मोवाइल पसलसहितका केही पसमा तोडफोड भएको छ । उत्तेजित भीडले माछापोखरीमा सडकमै प्रहरीको दुईवटा गाडीसमेत जलाएको छ ।

घटना बाट सर्वसाधारणलाई सास्ती भएको छ भने, गाडी तेर्साएर सडक बन्द गर्दा सवारी आवतजावत प्रभावित भएको थियो। रातपरेसँगै अहिले त्यहाँको अवस्था सामान्य बनेको प्रहरीले जानकारी दिएको छ।

यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा मंगलबार गाडी नचलाउने घोषणा गरेका छन्।