एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६४ दिन अगाडि
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन सुरु

काठमाडौं - आजदेखि नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को राष्ट्रिय महाधिवेशन सुरु हुँदै छ ।

काठमाडौंको प्रज्ञा भवनमा आयोजना हुने २३औँ महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । 

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपालको आधार स् गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ महाधिवेशन गर्न लागिएको हो ।' महाधिवेशनमा देशभरका करिब १५ सय ७३ प्रतिनिधि सहभागी हुने छन् ।

तीन दिनसम्म चल्ने महाधिवेशनले दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी, तीन आयोग निर्वाचित गर्नेछ । नेतृत्व चयन सहमतिमा नभए निर्वाचनका लागि विद्युतीय मेसिनको व्यवस्था गरिएको अनेरास्ववियुले जनाएको छ ।