ओडीआईमा हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बने रोहित पौडेल

सम्हालिएर जवाफ फर्काउँदै नेपाल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३५२ दिन अगाडि
ओडीआईमा हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बने रोहित पौडेल

राष्टिय क्रिकेट टालीका कप्तान रोहित पौडेलले एक दिवसीय खेलमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित १ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका हुन्। 

रोहितले २६ ओभरको पहिलो बलमा चौका हान्दै एक दिवसीय क्रिकेटमा १ हजार रन पुरा गरेका छन्। रोहितले सन् २०१८ मा नेदरल्यान्डसँग खेल्दै राष्टिय टोलीमा डेब्यु गरेका थिए। 

एक दिवसीय खेलमा रोहितले ५ अर्धशतक र १ शतक हानेका छन्। एक दिवसीयमा ३३ खेल खेल्ने क्रममा रोहितले यो कोशेढुङगा पार गरेका हुन्।