सत्ता प्राप्ति ,राष्ट्रिय हित र गौरवलाई छोडेर एमाले हिड्दैन - अध्यक्ष ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६३ दिन अगाडि
सत्ता प्राप्ति ,राष्ट्रिय हित र गौरवलाई छोडेर एमाले हिड्दैन - अध्यक्ष ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि भएको दाबी गरेका छन् । 

 

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले सत्ता प्रात्तिका लागि लत्रिएर नजाने बताए ।

उनले भने, ‘सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि राष्ट्रिय हित र गौरवलाई छोडेर लत्रिएर त्यसरी एमाले जाँदैन । राष्ट्रियताको साचो रक्षक हो यो ।’

उनले अनेरास्ववियु नेपालको विद्यार्थी आन्दोलनको मात्रै मूलधार नभएर नेपालको राजनीतिमै अत्यन्तै महत्त्वपूर्ण भूमिका र गौरवपूर्ण इतिहास बोकेको प्रगतिशील संगठन भएको बताए । ‘योसँग अरु कुनै विद्यार्थी संगठनको तुलना हुँदैन’, अध्यक्ष ओलीले अनेरास्ववियु सकारात्मक उदाहरण हुनुपर्ने पनि बताए ।