अनेरास्ववियुको महाधिवेशन : आज नयाँ नेतृत्व चयन गर्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६३ दिन अगाडि
अनेरास्ववियुको महाधिवेशन : आज नयाँ नेतृत्व चयन गर्दै

काठमाडाैं - नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुकाे २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरु हुँदैछ । 

काठमाडाैंकाे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशन अन्तर्गत बिहानदेखि बन्द सत्र शुरु हुन लागेकाे हाे । महाधिवेशनको बन्द सत्र सञ्चालनका लागि एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा ९ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलको सदस्यमा विनोद ढकाल, खिमलाल भट्टराई, रचना खड्का, माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर र सुनिता बराल छन्।

बन्द सत्रले आजै नयाँ नेतृत्व चयन गर्नेछ । आगामी २ वर्षका लागि १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी तथा अनुशासन, लेखा र निर्वाचन गरी ३ आयोग निर्वाचित हुनेछन् । नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिने र सहमति नजुटेमा मतदानबाट नेतृत्व चयन गर्ने तयारी छ ।