अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि सांसदको प्रश्न

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७३ दिन अगाडि
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि सांसदको प्रश्न

काठमाडौं - नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले आयोगको कार्य सम्पादनमाथि नै प्रश्न उठाएका हुन् । 

उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिम कार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राखेको उल्लेख गर्दै त्यसरी आवाज सुनाउनुको ठाउँमा भ्रष्टचारीहरुको फाइल खोलेर कारबाही किन गर्न नसकेको भन्दै प्रश्न गरे । उनले अयोगलाई भ्रष्टाचारीमाथि अनुसन्धान गरी कारबाही गर्न कसले रोकेको हो ? भन्दै प्रश्न गरे । सांसद भण्डारीले नेपालमा नाटक चलिरहेको टिप्पणीसमेत गरे ।