संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्न रास्पाका सांसद शाहकाे माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६३ दिन अगाडि
संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्न रास्पाका सांसद शाहकाे  माग

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सांसदहरुको बायोमेट्रिक हाजिरको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

‘जनप्रतिनिधिले सदनमा जवाफदेही हुने गरी उपस्थिति हुने व्यवस्था गरियोस्, र जनताले पनि आफ्नो जनप्रतिनिधि कहाँ छन् भन्ने कुरा राम्रोसँग हेर्न पाओस्’ उनले भने ।