नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७३ दिन अगाडि
नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या

काठमाडौं - नेपाल टेलिकमको फोन नेटवर्कमा फेरि समस्या आएको छ ।

बुधबार दिउँसो टेलिकमको फोनमा भनेकै समयमा कल नलाग्ने समस्या चर्को देखिएको छ । ३ माघमा पनि टेलिकमको टेलिफोन प्रणालीमा समस्या देखिएको थियो । सरकारले बनाएको समितिले टेलिकमले बिलिङ सिस्टममा कार्ड फेर्ने क्रममा लापरवाही गर्दा यस्तो समस्या आएको निष्कर्ष निकालेको थियो । फोन कलको बढी चाप हुने समयमै प्रणाली मर्मतको काम गर्दा समस्या भएको भन्दै सरकारले टेलिकमलाई सचेत गराएको थियो ।

बुधबार कुन प्रणलीमा कस्तो समस्या भएको हो भन्ने टेलिकमले खुलाएको छैन । केही बेर प्रणालीमा समस्या आएपनि समाधान भइसकेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । टेलिकमले फोन लाइनमा समस्या आएकोबारे ग्राहकलाई कुनै माध्यमबाट जानकारी पनि गराएको छैन ।

‘ट्राफिक कन्जेसनका कारण समस्या आएको थियो,’ प्रवक्ता अधिकारीले भने, ‘अहिले समस्या छैन, थोरैबेर समस्या आएकाले सार्वजनिक जानकारी नगराएका हौं । तर, सेवाग्राहीहरु भने अझै पनि भनेको समयमा फोन नलाग्ने समस्याबाट अझै ग्रसित छन् ।