सरकारमा बसेकाहरूको चरित्रले जनतामा निराशा छाएकाे नैनसिंह महरकाे भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६२ दिन अगाडि
सरकारमा बसेकाहरूको चरित्रले जनतामा निराशा छाएकाे नैनसिंह महरकाे भनाइ

काठमाडौं  - नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारमा बस्नेहरूको चरित्र र सुरुवाती भूमिका हेर्दा जनताले आशा–भरोसा गर्ने ठाउँ नरहेको बताएका छन् । 

कपिलवस्तु कांग्रेसद्वारा चन्द्रौटामा आयोजित कार्यक्रममा महरले थरिथरिका अनुहारको थरिथरि भूमिका भएकाले जनतामा चरम निराशा बढेको बताए ।

‘संसद् भवन रहेको क्षेत्र सुरक्षाका दृष्टिकोणले उच्च सुरक्षित स्थान हो । एक नागरिकले त्यही सुरक्षा घेराबीच संसद् भवनको मूल गेटमै आत्मदाह गर्नू निकै निराशाको कुरा हो। यो क्रम बढ्दो छ,’ उनले भने । 

सरकारमा बस्ने व्यक्तिहरू नै विभिन्न मुद्दा र काण्डमा मुछिएका कारण जनताले भरोसा टुट्दै गएको उनको भनाइ छ । नयाँ शक्ति र युवाको नारा दिएर सत्तामा पुगेकाहरू नै पछिल्ला दिनमा एकपछि अर्को काण्डमा मुछिँदै विवादित बन्नुले उनीहरूभित्र लुकेको स्वार्थ छरपस्ट भइरहेको महरले बताए ।

हिजो सत्ता बाहिर हुँदा ठूलो–ठूलो स्वरमा कराउनेहरू अहिले लम्पसार परेको महरले बताएका छन् ।