कुटपिटको आरोपमा कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३५१ दिन अगाडि
कुटपिटको आरोपमा कलाकार पवन खतिवडा   ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

विराटनगर - कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङको बेलबारी नगरपालिका-४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलका अनुसार मंगलबार बेलुका बेलबारी-१ स्थित एक होटलमा बसी उनीहरुले मदिरा सेवन गरेको र त्यसक्रममा विवाद हुँदा उक्त घटना भएको हो । त्यसपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।

अहिले पीडित कार्की र कलाकार खतिवडाबीच मेलमिलापका लागि छलफल चलिरहेको छ । हास्य कलाकार खतिवडा ‘म्याकुरी’ थेगोका कारण चर्चित छन् ।