महाशिवरात्रिका लागि काठमाडौँ आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसर प्रवेश

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७२ दिन अगाडि
महाशिवरात्रिका लागि काठमाडौँ आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसर प्रवेश

काठमाडौँ - महाशिवरात्रिका लागि काठमाडौँ आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसर प्रवेश गरेका छन् ।

देश विदेशका विभिन्न स्थानबाट आएका नागा बाबाहरू आज बिहान पशुपति मन्दिर परिसर प्रवेश गरेका हुन्। अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट नागा बाबाहरूलाई मन्दिर प्रवेश गराइएको थियो ।  

मेला व्यवस्थापनका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचालन हुने पशुपति व्यवस्थापन कोषले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम कम भएकोले यस वर्ष तिर्थालुको भीड लाग्ने अनुमान गरिएको छ ।