एजेन्सी - स्कटल्यान्डमा नयाँ फर्स्ट मिनिस्टर (सरकार प्रमुख) को खोजी सुरु भएको छ ।
निकोला स्टर्जनले राजीनामा दिएपछि यो खोज सुरु भएको हो । निकोला आठ वर्ष भन्दा बढी समयदेखि यो पदमा थिइन् । निकोलाको आकस्मिक राजीनामाले धेरैलाई चकित बनाएको थियो । निकोला स्टर्जन स्कटल्यान्डको नयाँ फर्स्ट मिनिस्टरको पदमा कोही नयाँ नआएसम्म पदमा रहनेछिन् ।
नयाँ नेतृत्व चयनका लागि नेकपाको राष्ट्रिय कार्यसमितिको बैठक बिहीबार बस्दै छ । निकोला स्टर्जनले भनिन्, ‘मेरो हृदय र दिमागले समय आएको बतायो । यो निर्णय मेरो, मेरो पार्टी र मेरो देशको लागि सही छ ।’