सर्वोच्चले चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारबाही नगर्न अन्तरिम आदेश

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६१ दिन अगाडि
सर्वोच्चले चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारबाही नगर्न अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले निर्वाचन खर्च नबुझाएका सबै उम्मेदवारहरुमाथि कारवाही तत्काल अघि नबढाउन आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो ।

बिहीबार सार्वजनिक संवैधानिक इजलासको आदेशमा बालेन मात्र नभई खर्च विवरण नबुझाउने सबै उम्मेदवारलाई तत्काल कारबाही नगर्न आदेश दिएको उल्लेख छ ।