संघीयता खारेजीको मागसहित जनमोर्चाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र (तस्बिरहरू)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६१ दिन अगाडि
संघीयता खारेजीको मागसहित जनमोर्चाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र  (तस्बिरहरू)

काठमाडौँ - सरकारसँग विभिन्न माग राख्दै राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

बढ्दो बजार महँगीको अन्त्य गर्नुपर्ने, भ्रष्टाचारको न्यूनीकरण तथा खर्चिलो संघीय शासन प्रणाली खारेजको मागसहित जनमोर्चाले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको जनाएको छ ।

जनमोर्चाले प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गरेको छैन । गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मतका लागि राखेको प्रस्तावमा जनमोर्चाले विपक्षमा मत दिएको थियो ।