काठमाडौं - प्रहरीले बालाजुस्थित माछापोखरीमा प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलबाट मोबाइल लुटेको आरोपमा थप २३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले हालसम्म गाडी आगजनी गरेको आरोपमा पक्राउ पर्नेको संख्या २९ पुगेको बताए । मोबाइल लुटेको आरोपमा पक्राउ पर्नेका संख्या ११ पुगेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएका गणेशकुमार श्रेष्ठ, कास्की घर भएका विक्रम नेपाली, गोरखाका आकाश भुजेल, कास्कीका सुमन श्रेष्ठ, नुवाकोटका सुमन लामा, गोरखाका विजय मगर र नुवाकोट शिवपुरी घर भएका रन्जित कुमार तामाङ छन् ।
एसपी रिजालले तार्केश्वर घर भएका संगिता खड्गी, नुवाकोटका रवि तामाङ, कैलालीको प्रकाश क्षेत्री, धादिङका ईलाराज गुरुङ, सिन्धुली घर भएका इन्द्र तामाङ र काठमाडौँ घर भएका माधव शाहीलाई पक्राउ गरिएको जानकारी दिए । उदयपुरका राजन रावत, काभ्रेका शरण तामाङ, काभ्रेकै सुजन मगर, बालाजु घर भएका रोमन नगरकोटी, नुवाकोटका सुनील कालिकोटे, नुवाकोटकै सुदिप तामाङ, धादिङका विकास गुरुङ, चितवनका संविधान परियार, नुवाकोटका केश राई र तार्केश्वर घर भएका कविन खड्गीलाई प्रहरीले पक्राउ गरेको छ ।