त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजीमा संलग्न भएको आशंकामा एकजना पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४९ दिन अगाडि
त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजीमा संलग्न भएको आशंकामा एकजना पक्राउ

काठमाडौं - काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का एसपी सन्जय सिंह थापाले सट्टेबाजीमा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।त्रिवि मैदानमा खटिएका प्रहरीहरुले नै एक व्यक्तिलाई पक्राउ गरेको थापाको भनाइ छ । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएको छैन ।

त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।