साइबर ब्यूरोले डिल्लीराम खनाललाई गर्यो पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६१ दिन अगाडि
साइबर ब्यूरोले डिल्लीराम खनाललाई  गर्यो पक्राउ

काठमाडौं - नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेर चर्चामा आएका डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।

एसएसपी नविन्द अर्यालले सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए । नायिका करिस्मा मानन्धरले आफूलाई ‘डिजिटल भायोलेन्स’ गरेको भन्दै साइबर ब्यूरोमा किटानी जोहरी दिएकी थिइन् ।

एक युट्युब च्यानलसँगको अन्तरवार्तामा खनालले करिस्माको निजी जीवनबारे टिप्पणी गरेका थिए। विद्युतीय कारोबार ऐन, २०६३ अनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने एसएसपी अर्याल बताउँछन् ।