ओली भेट्न बालकोटमा पुगे प्रचण्ड [ फोटो फिचर ]

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६० दिन अगाडि
ओली भेट्न बालकोटमा पुगे प्रचण्ड [ फोटो फिचर ]

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेको छ ।

राष्ट्रपतिको निर्वाचनमा विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन् ।

प्रचण्ड र ओलीबीच बिहीबार पनि भेटवार्ता भएको थियो । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान राखेपछि गठबन्धनमा अविश्वासका बढ्दै गइरहेको छ । तर, एमाले अध्यक्ष ओलीले भने पुस १० को सहमतिअनुसार आफ्नो पार्टीले पाउनुपर्ने अडानमा छन् ।

राष्ट्रपतिको चुनावका लागि मनोनयन मिति नजिकिँदै गर्दा ओली-प्रचण्डबीच भेटघाट बाक्लिएको छ । बिहीबार पनि यी दुई नेताले बालुवाटारमा झण्डै २ घण्टा छलफल गरेका थिए ।