ट्रकमा १८ आप्रवासी मृत फेला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४८ दिन अगाडि
ट्रकमा १८ आप्रवासी मृत फेला

सोफिया - बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार कम्तिमा १८ जना आप्रवासीहरू एक परित्यक्त ट्रकमा मृत फेला परेको आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । 

प्रारम्भिक जानकारीअनुसार ट्रकले अवैध रूपमा लगभग ४० जना आप्रवासीहरू बोकेको  बताइएको छ । आप्रवासीहरू काठ बोकेको ट्रकमा लुकाएर यात्रा गराइएको पनि मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार तिनीहरू मध्ये १८ जनाको मृत्यु भइसकेको र केही बाँचेकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।  यस विषयमा अनुसन्धान जारी छ ।