काठमाडौं -पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेपछि नेपालले शनिबार आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियालाई तीन विकेटले पराजित गरेको छ । काठमाडौंमा जारी त्रिदेशीय श्रृंखलमा नेपालको यो लगातार तेस्रो जित हो ।
शनिवारको बिदा भएकाले बिहानदेखि दर्शकको घुइँचो लागेको थियो । नेपालले लिएका प्रत्येक विकेटमा उनीहरूले सेलिब्रेसन गरे । नेपालका प्रत्येक रनमा उनीहरूले हुटिङ गरे । एक प्रकारले मैदानबाहिरबाट दर्शकहरूले १२ औं खेलाडीको भूमिका निभाएका थिए ।

.jpg)










