तस्विरमा हेर्नुहोस टुँडिखेलमा नेपाली सेनाको महाशिवरात्रि बढाइँ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५९ दिन अगाडि
तस्विरमा हेर्नुहोस टुँडिखेलमा नेपाली सेनाको महाशिवरात्रि बढाइँ

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा २६० औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छन् । 

सो अवसरमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन् । 

सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।