विद्यार्थीका प्रतिभाको सम्मान र संरक्षण गर्न सरकारलाई वरिष्ठ कलाकार श्रेष्ठको आग्रह 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६८ दिन अगाडि
विद्यार्थीका प्रतिभाको सम्मान र संरक्षण गर्न सरकारलाई वरिष्ठ कलाकार श्रेष्ठको आग्रह 

काठमाडौं- वरिष्ठ कालकार मदकृष्ण श्रेष्ठले देशमा उत्पादन भएका विद्यार्थीहरू धमाधम विदेश जाने समस्याप्रति चिन्ता ब्यक्त गर्नुभएको छ  ।

काठमाडौंको अनामनगरमा रहेको ‘अक्सिडेन्टल स्कुल’ले नेपाल प्रज्ञा प्रतिस्ठानको हलमा आयोतिज अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताउनु भयो । उहाँले लाखौं खर्च गरेर पढ्ने र पढाउने गरिए पनि नेपाली प्रतिभा विदेशमा पलायन हुनु राम्रो नभएको सरकारले नै आफ्ना प्रतिभाको संरक्षणमा जोड दिनुपर्ने बताउनु भयो । 
विद्यालयले शैक्षिक गुणस्तर र उपलब्धि हाँसिल गर्न शिक्षक र विद्यार्थीमात्र नभएर त्यसमा अभिभावकको उपस्थितिपनि उतिकै बलियो हुनुपर्छ भन्ने उद्देश्यसहित आयोजन गरेको कार्यक्रममा अभिभावकका तर्फबाट गीता कुमारी हुमागाईंले आफ्ना भनाइ राख्नु भएको थियो । नेपाल सरकारको सहसचिव समेत रहनुभएकी हुमागाईंले अशिक्षा बाट शिक्षा तथा अन्यायबाट न्याय दिलाउन विद्यालयको महत्वपूर्ण भूमिका रहेको प्रति खुसी व्यक्त गर्नु भयो । उहाँले विद्यार्थी, अभिभावक र विद्यालयलाई जोड्न आयोजित अभिभावक दिवसले राम्रो पुलको काम गरेको भन्दै विद्यालयप्रति अभार व्यक्त गर्नुभयो । 


उहाँले विद्यालये सीमित स्रोत र साधनका बीच राम्रो प्रगगि गर्न सकेको र अझै प्रभावकारी र गुणस्तरिय शिक्षा प्रवाहका लागि विद्यालयमा अन्तरक्रियाका कार्यक्रमहरूको खाँचो रहेको पनि औंल्याउनु भयो । 
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा.सिद्धिप्रसाद कोइरालाल अभिभाकहरूलाई संकेत गर्दे स्मार्ट फोन नभएर स्मार्ट छोराछोरी चाहिनेमा र त्यस्तै हिसाबले भूमिका निर्वाह गर्न सबैको जोड रहनु पर्ने बताउनु भयो । अभिभावक दिवस आँफैमा बालबालिकाहरूको प्रतिभा प्रस्फुटनमा उपयोगि बन्दै गएको बताउँदै उहाँले अभिभावको अपेक्षा पूरा गर्न विद्यालय पनि गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । 
अक्सिडेन्टल स्कुलका कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गायन तथा नृत्यकलाको प्रस्तुति दिएका थिए । यसैगरि विद्यालयका शिक्षक तुलसीप्रसाद घिमिरेको निर्देशनमा तयार ‘प्रविधिको दुरुपयोले विद्यार्थी र अभिभावकमा पार्ने प्रभाव तथा पढ्नका लागि विदेशिने र उतै हराएर एक्लिनु परेका बाबुआमाहरूमाथिको मार्मिक नाटकसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
अभिभावक दिवसमा विद्यालयका तर्फबाट स्वागत मन्तव्य विद्यालयका निर्देशक डी.वी. निरौलाले दिनुभएको थियो भने विद्यालयको वार्षिक प्रतिवेदन प्राध्यापक टेकवहादुर पौड्यालले प्रस्तुत गर्नुभएको थियो। 

भिडियाे