दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा भारतमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४७ दिन अगाडि
दक्षिण अफ्रिकाबाट  १२ वटा चितुवा भारतमा

काठमाडौं -  शनिबार दक्षिण अफ्रिकाबाट पाँच पोथी र सात भालेसहित १२ वटा चितुवा भारतको मध्य प्रदेश राज्यमा ल्याइएको छ।  

भारत सरकारको महत्वकांक्षी स्थानान्तरण परियोजना ‘प्रोजेक्ट चीता’ अन्तर्गत भारतमा चितुवाको स्थानान्तर सुरुवातको कार्यक्रम अनुसार सो चिता ल्याइएको हो ।

भारतीय वायु सेनाको सी–१७ विमानले १२ वटा चितुवाको समूह लिएर जोहानेसवर्गबाट उडेको १० घण्टापछि मध्य प्रदेशको ग्वालियर सहरमा रहेको एयरफोर्स स्टेसनमा अवतरण गराएको भारती सैनिकले जनाएका छन । 

 यसअघि पाँच महिना पहिले नामिबियाबाट ल्याइएका ८ वटा चितुवालाई कुनो राष्ट्रिय निकुञ्जमा छाडिएको थियो। योसँगै भारतमा अफ्रिकी चितुवाको कूल सङ्ख्या २० पुगेको छ। सन् १९५२ मा चितुवालाई भारतबाट लोप भएको घोषणा गरिएको थियो तर अफिकी मुलकवाट चिता स्थानतरण हुन थाले पछि भारतीय वातावरण विदहरु खुसी जनाएका छन् ।