ईंग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४७ दिन अगाडि
ईंग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित

काठमाडौं - ईंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले न्युकासललाई २-० गोल अन्तरले हराएको हो ।

लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले एक-एक गोल गरे पछि लिभपपुलले सहज जित निकालेको हो । दशौँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । लगत्तै, १७ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

खेलको २२ औं मिनेटमा गोलकिपर निक पोपले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै लिभरपुलले २२ खेलमा ३५ अंक जोडेर आठौं स्थानमा रहेको छ भने न्युकासल ४१ अंक जोडेर चौथो स्थानमा रहेको छ ।