अनेरास्ववियू स्थायी कमिटीको दोस्रो बैठक सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५९ दिन अगाडि
अनेरास्ववियू स्थायी कमिटीको दोस्रो  बैठक सुरु

काठमाडौं  - नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो पूर्ण बैठक सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालयमा दुई दिनसम्म चल्ने बैठकको उद्घाटन पार्टी अध्यक्ष माधव कुमार नेपालले गरेका छन् । बैठकमा विद्यार्थी संगठनका विविध विषयमा छलफल हुनेछ । त्यस्तै चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका विषयमा समेत छलफल हुने अनेरास्ववियूको अध्यक्ष सुदेश पराजुलीले बताए । 

बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ भन्न नसकिने बताए । राष्ट्रपतिको चुनावबाट सत्ताधारी गठबन्धनको भविष्य टुङ्गो लाग्ने र त्यो एक हप्ताभित्र हुने उनको भनाई छ । अहिलेको गठबन्धन धेरै नटिक्ने बताए । 

सत्ताधारी गठबन्धनमा संविधान विरोधीदेखि संविधानका पक्षपाती सबै खाले शक्तिहरू रहेकाले यो धेरै नटिक्ने उनको भनाई छ ।