मिस लिम्बूको काठमाडौं अडिसन सम्पन्न, छानिए १३ जना प्रतिस्पर्धी [फोटो फिचर]

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६६ दिन अगाडि
मिस लिम्बूको काठमाडौं अडिसन सम्पन्न, छानिए १३ जना प्रतिस्पर्धी  [फोटो फिचर]

काठमाडौं -  ‘मिस लिम्बू’को पाँचौं संस्करणका लागि काठमाडौंमा भएको अडिसन बाट १३ जना छनोट भएका छन् । त्यस्तै, डिजिटल अडिसनमार्फत चार जना छनोट भएका हुन् ।

कारणबस अडिसनमा आउन नसक्ने प्रतिस्पर्धीहरुको लागि डिजिटल अडिसनमार्फत छनौट गरिएको आयोजक संस्था याक्थुङ युथ एशोसिएसन (वाईवाईए)ले जनाएको हो ।
 

काठमाडौं अडिसनबाट फुङ्निमा योङ्हाङ, साम्माङ थाम्सुहाङ, एलिना तुम्बापो, ममता आङ्बो, गंगा सेम्बु लिम्बू, निरुता लिम्बू, अस्मिता मादेन,जमुना सेम्बु र सुस्मा इम्सोङ लिम्बू छनोट भएको कार्यक्रम संयोजक एवं गायक रुकमान लिम्बूले जानकारी दिए ।

त्यस्तै, डिजिटल अडिसनमार्फत चार जना छनोट भएका छन्।  जसमा मुन नाल्बो, कल्पना लिङ्खिम, याङ्चुली खापुङ र सुम्निमा खापुङ छन्। 

‘मिस लिम्बू’को छनौट अडिसनका लागि कोरियोग्राफर जयन सुब्बा मानन्धर, गायक डम्बर नेपाली, वाईवाईएका सल्लाहकार आशा नेम्बाङ, नेपाल पत्रकार महासघ काठमाडौं शाखाका अध्यक्ष सुर्य सुवेदी, छाँयाकार एवं निर्देश्क भुपेन्द्र तुम्बाहाङ्फे, मिस लिम्बू–२०१५ विष्णु चेम्जोङ र तेह्रथुमे ढाका बुटिककी सञ्चालक निर्मला आङ्बुङ लगायत निर्णायकको भूमिकामा रहेका थिए। 

अघिल्ला संस्करणहरुभन्दा यसपाली भव्य साथै ब्याबस्थापकीय कुरामा कुनै त्रुटि हुन नदिइकन मिस लिम्बू आयोजना गर्ने तयारी भइरहेको आयोजक संस्थाका अध्यक्ष एवं गायक भिम लिम्बूले बताएका छन् ।
यसअघि धरान अडिसनबाट १४ जना छनोट भइसकेका छन् । धरान र काठमाडौं अडिसन गरी  २७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिताको शीर्ष विजेताले नगद ५० हजारसहित स्कुटी पाउनेछन् भने हङकङ भ्रमणको समेत अवसर दिइनेछ । त्यस्तै, फस्ट रनर्सअपले एक लाख र सेकेन्ड रनर्सअप विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
 ‘सम्मान मिस लिम्बू–२०७९’को ग्राण्डफिनाले आगामी चैत ११ गते शनिबार राजधानीको नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न हुँदैछ ।