सिरियाको राजधानीमा भएको इजरायली मिसाइल आक्रमणको निन्दा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४६ दिन अगाडि
सिरियाको राजधानीमा भएको इजरायली मिसाइल आक्रमणको निन्दा

तेहरान - आइतबार सिरियाको राजधानी दमास्कसमा भएको इजरायली मिसाइल आक्रमणको इरानको विदेश मन्त्रालयका प्रवक्ताले निन्दा गरेका छन् ।

मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार नासेर कनानीले इजरायली आक्रमणले सिरियाली जनताको पीडालाई अझ बढाउन खोजेको प्रमाणित गरेको बताउँदै अझै घातक र विनाशकारी भूकम्पको नतिजासँग जुझिरहेको  बताएका छन् ।

उनले ‘सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घनमा पश्चिमी राज्यहरूको ‘लज्जाजनक’ मौनताको आलोचना पनि गरेका छन् । अन्तरराष्ट्रिय समुदायका साथै जिम्मेवार निकायहरू, विशेष गरी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई तत्काल गम्भीरतापूर्वक प्रतिक्रिया दिन पनि उनले आह्वान गरेका छन् । 

दमास्कसमा आइतबार बिहान इजरायली मिसाइल आक्रमणमा एक सैनिक सहित कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएको सिरियाली सेनाले जनाएको छ । इजरायली अधिकारीहरूले आक्रमणको बारेमा कुनै टिप्पणी गरेका छैनन्  ।

कब्जा गरिएको गोलान हाइट्सबाट शुरु गरिएको आक्रमणले काफर सुसाहको आवासीय छिमेकी सहित दमस्कसका थुप्रै सैन्य स्थानहरूलाई निशाना बनाएको पनि  सेनाको विज्ञप्तिमा उल्लेख गरिएको छ । तनावग्रस्त क्षेत्रमा घाइतेको अवस्था  थप गम्भीर छ । दमास्कस र यसको ग्रामीण इलाकामा थुप्रै आवासीय घरहरू क्षतिग्रस्त छन् । 

यही फेब्रुअरी ६ मा आएको विनाशकारी भूकम्पको सामना गरिरहेको सिरियाको उत्तरी क्षेत्रमा हजारौंको ज्यान गएको यस कारुणिक अवस्थामा नयाँ आक्रमण भएको हो जसले पीडा माथि पीडा थपेको छ ।