दूधको मूल्य प्रतिलिटर दश रूपैयाँका दरले बढाउन उद्योगीहरूले प्रस्ताव

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५३ दिन अगाडि
दूधको मूल्य प्रतिलिटर दश रूपैयाँका दरले बढाउन उद्योगीहरूले प्रस्ताव

काठमाडौं - दूधको मूल्य प्रतिलिटर दश रूपैयाँका दरले बढाउन उद्योगीहरूले प्रस्ताव गरेका छन् । दूध उत्पादनको लागत बढेको भन्दै उद्योगीले दूधको मूल्य बढाउन प्रस्ताव गरेका हुन् । 

राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव गरेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए । उनका अनुसार संघले मूल्य लागत अध्ययन प्रतिवेदन तयार गरेर मन्त्रालयलाई पेश गरेको छ। 

'हामीले सचिवलाई प्रतिवेदन दिएका छौं। सचिव ज्यूले मन्त्री ज्यूलाई प्रतिवेदन दिइसक्नु भएको छ,' उनले भने, 'दूधको मूल्य बढाउने प्रस्ताव आज बस्ने मन्त्री परिषद्को बैठकमा लैजाने मन्त्रालयबाट जानकारी आएको छ।' 

पछिल्लो समय दूधको उत्पादन घट्दै गएको उनले बताए । उद्योगीहरूले दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातको अनुमति खोल्न समेत माग गरेका छन्। अहिले सरकारले दूध तथा दुग्धजन्य पदार्थ आयातमा प्रतिवन्ध लगाएको छ।