देशका ठुला तीन अस्पतालमा ‘एक स्वास्थ्यकर्मी एक चिकित्सक’ कार्यक्रम लागू गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६७ दिन अगाडि
देशका ठुला तीन अस्पतालमा ‘एक स्वास्थ्यकर्मी एक चिकित्सक’ कार्यक्रम लागू गर्ने

काठमाडौँ - सरकारले देशका ठुला तीन अस्पतालमा ‘एक स्वास्थ्यकर्मी एक चिकित्सक’ कार्यक्रम लागू गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा वीर अस्पताल, कान्ति बाल अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘एक स्वास्थ्यकर्मी एक चिकित्सक’ कार्यक्रम लागू गर्ने भएको हो ।

यद्यपि सरकारले एक चिकित्सक, एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधि–२०७७ मा पास गरिसकेको छ । सरकारले सो कार्यक्रम सञ्चालन गर्ने पटक–पटक घोषणा गरेपनि व्यवहारमा कार्यान्वयन गर्न भने सकेको थिएन ।

यो कार्यक्रम लागू भएपछि सम्बन्धित अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकहरुले निजी अस्पतालमा गएर काम गर्न पाउने छैनन् ।