काठमाडाँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।
उनीहरूले आज बिहान प्रधानमन्त्री प्रचण्डसँगै छुट्टा छुट्टै भेटवार्ता गरेका हुन् । हिजो साँझ नेपाली कांग्रेस पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँग भेट गरी राष्ट्रपतिमा सघाउन आग्रह गरेको थियो।
आज बिहान पौडेल र लामिछानेले प्रधानमन्त्रीसँग छलफल गरेको बताइएको छ ।