बुढासुब्बा गोल्डकपको २३ औं संस्करण फागुन १३ गतेदेखि हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४६ दिन अगाडि
बुढासुब्बा गोल्डकपको २३ औं संस्करण फागुन १३ गतेदेखि हुने

धरान - बुढासुब्बा गोल्डकपको २३ औं संस्करण फागुन १३ गतेदेखि हुने भएको छ ।

धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मितिबारे जानकारी गराएको हो । कोभिड महामारीको कारण भएको आर्थिक संकटले गर्दा विगत २ वर्ष प्रतियोगिता हुन नसकेको पनि क्लबले जनाएको छ ।

२०५५ सालदेखि शुरु भएको प्रतियोगिता कोभिडको कारण २०७६ यता हुन सकेको छैन् । आर्थिक अभावको कारण २२ औ संस्करणका विजेता तथा उप विजेताको पुरस्कार समेत केही दिन अगाडी मात्र दिएको क्लबका अध्यक्ष किशोर राईले बताए ।

गोल्डकपको यस संस्करण भने नेपालका ए डिभिजन क्लब मध्येबाट नेपाल पुलिस क्लबले मात्र सहभागिता जनाउने भएको छ । प्रतियोगितामा पुलिससँगै आयोजक, दुई विदेशी टिम एभेनियर एफसी क्यामरुन, केबिपिएस वंगलादेश, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेताले ट्रफी सहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । विगतमा भने मोटरसाइकल दिदै आएको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई  यो पटक भने नगद १ लाख दिइने बताइएको छ ।

बिधागत उत्कृष्टलाई जनही २५ हजार पुरस्कार दिइनेछ । म्यान अफ दि म्याचलाई १० हजार पाउने र सर्वाधिक गोलकर्तालाई  ३५ हजार पुरस्कार दिइने बताइएको छ ।