माेरङमा भेटियो महिलाको शव

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६९ दिन अगाडि
माेरङमा भेटियो महिलाको शव

विराटनगर - माेरङकाे बुढीगंगा–२ अमाहिमा एक जना  महिलाको शव भेटिएको छ ।

पहिचान नखुलेको अन्दाजी ३५ वर्षीयf महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको हो । 

स्थानीय नरसिंह चौधरीको घरमा बाेराभित्र हालेकाे अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीका बहादुर कार्कीले जानकारी दिए । अहिले घटनास्थलमा मोरङ प्रहरीका डिएसपी रञ्जन कुमार दाहालकाे नेतृत्वमा टोली परिचालन भएको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।