पूर्वसूचना दिएरै हाम्रा खेलाडीले हात नमिलाएका सन्दीपसँग ;स्कटल्याण्ड क्रिकेट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४६ दिन अगाडि
पूर्वसूचना दिएरै  हाम्रा खेलाडीले हात नमिलाएका सन्दीपसँग ;स्कटल्याण्ड क्रिकेट

काठमाडौँ- ८ फागुन, काठमाडौं । स्कटल्याण्डका खेलाडीहरुले पूर्व जानकारी दिएरै क्रिकेटर सन्दीप लामिछानेसँग हात नमिलाएको खुलेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुक्रबार भएको खेलपछि स्कटल्याण्डका खेलाडीहरुले लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका थिए । स्कटिस खेलाडी तथा अफिसियलहरुले लामिछाने बाहेक अरु खेलाडीसँग हात मिलाएका थिए । लामिछानेतिर चाहिँ हेर्दै हेरेनन्, सिधै प्रशिक्षक मोन्टी देशाइसँग हात मिलाए ।
स्कटल्याण्ड क्रिकेटका सञ्चार प्रमुख चार्ल्स  पिटरसनले खेल सुरु हुनुअगावै नेपाल क्रिकेट एसोसिएसन र लामिछानेलाई यसबारे जानकारी गराइएको बताए ।उनले भने ‘खेल हुनुभन्दा केही दिनअघि नै नेपाल क्रिकेट संघ ९क्यान० र सन्दीप दुवैलाई टिम स्कटल्याण्डको तर्फबाट यसबारे जानकारी गराइएको थियो ।’

राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौ २०७८ मा एक किशोरीले प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी थिइन् । केन्यामा टी–२० सिरिज खेल्न जानुअघि भएको घटनाबारे अनुसन्धान सुरु भएपछि लामिछाने एक महिना सम्पर्कविहीन भएका थिए ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल० मा नोटिस जारी भएपछि उनी नेपाल फर्किएका थिए । प्रारम्भिक सुनुवाइबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेलाई उच्च अदालत पाटनले कडा शर्तहरुसहित २८ पुसमा रिहा गर्न आदेश दिएको थियो । तर, अदालतबाट मुद्दा छिनोफानो नभइ लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको भन्दै विरोध भएको थियो ।
स्कटल्याण्डले पनि त्यसकै विरोध गरेको हो । स्कटल्याण्ड क्रिकेटका सञ्चार प्रमुख पिटरसन भन्छन्, ‘स्कटल्याण्ड क्रिकेट सबै प्रकारको दुर्व्यवहारविरुद्ध कडा रुपमा उभिन्छ, आधुनिक समाजमा यस्ता खाले दुर्व्यवहारको कुनै ठाउँ छैन ।’ सन्दीपसँग हात नमिलाउने निर्णयमा टिमका सबै सदस्य र कर्मचारीको सर्वसम्मति रहेको पनि उनले बताए ।