दुई इन्जिनियरविरुद्ध सडक योजनामा भ्रष्टाचार गरेको भन्दै अभियोगपत्र दायर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५८ दिन अगाडि
दुई इन्जिनियरविरुद्ध सडक योजनामा भ्रष्टाचार गरेको भन्दै अभियोगपत्र दायर

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दैलेखको निगालपानी रेग बगौरा सडक निर्माण आयोजनाका इन्जिनियर  सरोज कुमार दाहाल र सव इन्जिनियर नविनकुमार विसीले मिलेमतोमा रकम हिनामिना गरेको भन्दै विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ । 

दाहाल र विसीले  योजनाको सम्झौतामा निर्धारित सर्त र मापदण्ड विपरीत झुठा नापी किताब, उपभोक्ता सम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदन समेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बद्नियपुर्वक वास्तविक काम लुकाउँदै नभएको काम देखाएको अख्तियारको आरोप छ । 

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले दाहाल र केसीविरुद्ध सोमबार अभियोगपत्र दायर गरेको बताएका छन् ।