जर्मनी प्रतिनिधिमण्डल र परराष्ट्र सचिवबीच भेटवार्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५८ दिन अगाडि
जर्मनी प्रतिनिधिमण्डल र परराष्ट्र सचिवबीच भेटवार्ता

काठमाडौं  -  सोमबार जर्मन–दक्षिण एसियाली संसदीय मैत्री समूहको प्रतिनिधिमण्डलले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटवार्ता गरेको छ ।

उक्त प्रतिनिधि मण्डलको नेतृत्व रिनाट कुनाष्टले गरेकी थिइन् ।

जर्मनको पूर्व खाद्य र कृषीमन्त्रीसमेत रहेकी कुनाष्टसँगको भेटमा नेपाल–जर्मन सम्बन्धलाई थप मजबुत बनाउन द्विपक्षीय सहयोगका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।