राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने बारे माओवादीको पदाधिकारी बैठक जारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४६ दिन अगाडि
राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने बारे माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौं - नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएको छ । माओवादीको यो धारणाले सत्ता सहयात्री दल नेकपा एमाले झस्किएको छ ।

नेपाली कांग्रेसका कतिपय नेताहरुले राष्ट्रपतिमा आफ्ना उम्मेदवार निर्वाचित हुने बताउँदै आएका छन् ।