काठमाडाैँ - निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘नांगो गाउँ’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक कर्मको प्रवेश भएको छ ।
फिल्ममा आफूहरुको भूमिका निकै मन परेर जोडिएको दुबै कलाकारले बताएका छन् । नेपाली फिल्म क्षेत्रका यी दुई चर्चित कलाकारले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । यो फिल्ममा यसअघि नै नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भैसकेका छन् । योसँगै निर्माणपक्षले कलाकारको लाइनअप पुरा गरेको छ । आलोक शुक्लाको छायांकन रहने फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकार पनि फाइनल भैसकेका छन् ।
मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ । यो फिल्ममा हिमाल शर्माको लगानी रहेको छ । निर्देशक लामाले भने–‘मलाई साम्राज्ञी र कर्मसँग पहिलेदेखि नै काम गर्ने रहर थियो । यसपटक भूमिका पनि दुबैलाई सुहाउने भएपछि सहकार्य गर्ने अवसर जुटेको छ ।’ निर्देशकीय हिसाबले लामाको यो पाँचौ फिल्म हो । यसअघि उनले ‘घामपानी, गोपि, छ माया छपक्कै र २ नम्बरी’ निर्देशक गरिसकेका छन् भने‘२ नम्बरी’ यो बर्षको सुपरहिट फिल्म हो ।
निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘नांगो गाउँ’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक कर्मको प्रवेश भएको छ । फिल्ममा आफूहरुको भूमिका निकै मन परेर जोडिएको दुबै कलाकारले बताएका छन् । नेपाली फिल्म क्षेत्रका यी दुई चर्चित कलाकारले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । यो फिल्ममा यसअघि नै नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भैसकेका छन् ।
योसँगै निर्माणपक्षले कलाकारको लाइनअप पुरा गरेको छ । आलोक शुक्लाको छायांकन रहने फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकार पनि फाइनल भैसकेका छन् । मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ । यो फिल्ममा हिमाल शर्माको लगानी रहेको छ । निर्देशक लामाले भने–‘मलाई साम्राज्ञी र कर्मसँग पहिलेदेखि नै काम गर्ने रहर थियो । यसपटक भूमिका पनि दुबैलाई सुहाउने भएपछि सहकार्य गर्ने अवसर जुटेको छ ।’ निर्देशकीय हिसाबले लामाको यो पाँचौ फिल्म हो । यसअघि उनले ‘घामपानी, गोपि, छ माया छपक्कै र २ नम्बरी’ निर्देशक गरिसकेका छन् भने‘२ नम्बरी’ यो बर्षको सुपरहिट फिल्म हो ।