राष्ट्रपतिमा मेराे उम्मेदवारीबारे पार्टी भित्र छलफल भएको छैन -माधव नेपाल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५७ दिन अगाडि
राष्ट्रपतिमा मेराे उम्मेदवारीबारे पार्टी भित्र छलफल भएको छैन  -माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारीबारे आफू र पार्टीले कुनै निर्णय गरिनसकेको बताएका छन् । 

देउखुरीमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रपतिको उम्मेदवारबारे पार्टी र आफूले केही नसकेको र निर्णय पनि नगरेको बताएका हुन् । उनलाई राष्ट्रपति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलिरहेको भनिएका बेला अध्यक्ष नेपालको सञ्चार माध्यममा आएका सबै सत्य नहुने बताए । 

तर, शक्ति बाँडफाँटमा एकीकृत समाजवादीको भूमिका हुनुपर्ने अध्यक्ष नेपालको भनाइ छ । राष्ट्रपतिबारे अहिले नै कुनै धारणा सार्वजनिक नगर्ने बताएका उनले राष्ट्रपतिबारे वृहत छलफल आवश्यक रहेको बताए ।