अमेरिकाका ३५% करोडपतिहरु उत्पादन गर्ने विश्वविद्यालयहरु......

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५२ दिन अगाडि
अमेरिकाका ३५% करोडपतिहरु उत्पादन गर्ने विश्वविद्यालयहरु......

काठमाडौं - अमेरिकाका ३५% करोडपति (न्यूनतम १० करोड डलर सम्पति भएका) हरुले केवल ८ वटा विद्यालयहरुबाट स्नातक गरेको एक अध्ययनले देखाएको छ ।

‘हेन्ले एन्ड पार्टनर्स’ को नयाँ प्रतिवेदनले अमेरिकाभरका लगभग ४ हजार कलेज वा विश्वविद्यालयहरुमध्ये केवल ८ स्कूलहरुबाट स्नातक गरेका व्यक्तिहरुले करोडपतिहरुको ३५% हिस्सा ओगटेको देखाएको हो । बाँकी ६५% करोडपतिहरुले भने यी ८ बाहेक अन्य कलेज वा विश्वविद्यालयहरुबाट स्नातक गरेको प्रतिवेदनमा उल्लेख छ । 

हेन्लेका अनुसार अमेरिकाका एक तिहाई भन्दा बढी करोडपतिहरुले हार्वर्ड, एमआइटी, स्ट्यानफोर्ड, पेन्सिलभेनिया विश्वविद्यालय, कोलम्बिया, येल, कर्नेल र प्रिन्सटन विश्शवविद्यालयमा अध्ययन गरेका छन् । अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्डले देशका ७% करोडपतिहरु उत्पादन गरेको छ । बिल गेट्सदेखि मार्क जुकरबर्गसम्मले हार्वर्डमा अध्ययन गरेका हुन् । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) र स्ट्यानफोर्ड विश्वविद्यालय दुवैले अमेरिकाका ५र५% करोडपतिहरु उत्पादन गरेका छन् ।

यता, पेन्सिलभेनिया, कोलम्बिया र येल विश्वविद्यालयले समान ४% का दरले अमेरिकामा करोडपतिहरु उत्पादन गरेको प्रतिवेदनले देखाएको छ । यसैगरी, कर्नेल र प्रिन्सटन विश्वविद्यालयले पनि ३% का दरले करोडपतिहरु उत्पादन गरेका छन् । यता, अमेरिकाका करोडपतिहरुको ठूलो संख्या कुनै समय विदेशी विद्यार्थीका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ । साथै, अर्ब डलर भन्दा बढी भ्याल्यू भएका करिब २५% ठूला कम्पनीहरु विदेशी विद्यार्थीले स्थापना गरेको पनि रिपोर्टले देखाएको छ ।