एजेन्सी - टर्की र सिरियामा गत हप्ताको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४४ हजार नाघेको छ l
टर्कीकाे भूकम्पमा थुप्रै भत्किएका भवनहरु छन् तर ति भत्किएका भग्नावशेषमा रातो बलोनहरु राखिएको छ ।
टर्कीका स्वयंसेवकहरूले हालैको भूकम्पबाट पीडित बालबालिकालाई सम्झन भत्किएका भवनहरूको भग्नावशेषमा रातो बेलुनहरू राखेका हुन् ।
स्वयंसेवकहरूले अहिलेसम्म लगभग १००० -१५०० बलोनहरू बाँधेकाे बताएका छन् l उनीहरुले हालैको भूकम्पमा परी ज्यान गुमाएका बालकको सम्झनामा सहरको सबै भागमा अनि आफ्नो ज्यान गुमाउने बालबालिकाको प्रत्येक घरमा पुगेर सो काम पुरा गर्ने बताएका छन् l