सिरिजंघा र कञ्चनजंघा सम्बन्धी बृत्तचित्रको लोकार्पण कार्यक्रम सम्पन्न [ फोटो फिचर ]

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६८ दिन अगाडि
सिरिजंघा र कञ्चनजंघा सम्बन्धी बृत्तचित्रको लोकार्पण कार्यक्रम सम्पन्न [ फोटो फिचर ]

काठमाण्डौ - ताप्लेजुङको सिरिजंघा र कञ्चनजंघा सम्बन्धी बृत्तचित्रको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। सांस्कृतिक संस्थानको हल काठमाण्डौको जमलमा भएको कार्यक्रममा  सिरीजङ्घा गाउँपालिकाका विभिन्न क्षेत्रका साँस्कृतिक, प्राकृतिक  तथा धार्मिक सम्पदाहरु लगायत विविध पक्षहरुलाई समेटेर बृतचित्र निर्माण गरि सार्वजनिक गरिएको छ। 

सिरिजंगा गाउँपालिकाको आयोजना साथै सिरिजंगा सरोकार समाजको सहआयोजनामा भएको कार्यक्रमको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री सुदन किरातीले गरेका थिए। मन्त्री किरातीले संस्कृतिलाई पर्यटनको रुपमा प्रयोग गर्न सके भाषा,संस्कृति र भौैगोलिक विविधताले भरिपूर्ण देश संसारकै लागि विश्वविद्यालय बन्ने दावी गरे। उनले नेपालीहरु पैसामा चाबी लगाएर पैसा खोज्न अरब तीर भौतारिएको बताउदै प्राकृतिक सम्पदा, सामाजिक सम्पदा र विविधताले भरिपूर्ण मानवीय सम्पदा नै आजको पर्यटन विकासको मुल सूचक रहेको बताए। 

वृतचित्र भित्र संस्कृति, शिक्षा, स्वास्थ्य, यातायातको अवस्था लिम्बू साँस्कृतिक संग्राहलय देखि कञ्चनजङ्घा हिमालसम्मको भ्रमण क्षेत्रको दृश्यावलोकन, आर्थिक उपार्जन, कृषि प्रणालीका, मामांखेको लिम्बु म्युजियम अबलोकन पछि याम्फुदिन, नयाँ झोरेनी हुँदै जाने बाटोको यात्रामा मकालु, कुम्भकर्ण (फक्तालुङ), कञ्चन्जङ्घा (खेसेलुङ्) लगायतका हिमश्रृंखलाहरुको मनमोहक दृश्यावलोकन, पाथीभरा मन्दिर अवलोकन, तिम्बुङ पोखरी, हाँसपोखरी, दुधपोखरी जस्ता पोखरीहरुको अवलोकन गर्न सकिने, भारतको सिक्किमसम्मको सहजै अबलोकन गर्न सकिने गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले जानकारी दिए।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा मुलतः यस गाउँपालिकाभित्र पर्ने भएको र यो हिमालमा आरोहण गर्न जाने मुख्य बाटो समेत यही गाउँपालिकामा पर्ने भएको हुँदा अर्को कञ्जनजङ्घा हिमाल क्षेत्र समेटिएको बृत्तचित्र कञ्चनजङ्घाको राष्ट्रिय स्तरवाट प्रचार प्रसार पुग्न नसकेर छायाँमा परेको अवस्थालाई महशुस गरी यस क्षेत्रको समग्र विकासका आयामहरुलाई अगाडि बढाई दीगो विकासका लागि पर्यटन पवद्र्धनलाई मुख्य आयामका रुपमा अगाडि बढाउन सकिएमा कञ्चनजङ्घा क्षेत्रको खास गरी सिरिजङ्घा गाउँपालिका क्षेत्रको पछौटेपन, अविकासको अवस्थाबाट माथि उठाउन महत्वपूर्ण हुने महशुस गरी सिरिजङ्घा गाउँपालिकाले विशेष रुपमा सक्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने उदेश्य लिएको पनि उपाध्यक्ष माबोले बताए। 

कार्यक्रममा पुर्व मन्त्री मणि लामा, प्रतिनिधिसभा सदस्यद्वय माननीय उर्मिला थेबे ,माननीय लिलादेवी बोखिम,सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई ,एपिएफका डिआइजी चन्द्र प्रकाश गौतम, लगायत पालिका जनप्रतिनिधीहरु, ताप्लेजुङका अगुवा नेताहरु, जिल्लाका समाजसेवीहरु साथै विभिन्न क्षेत्रका दिग्गज व्यक्तित्वहरुको उपस्थिती थियो।