काठमाडाैं - गायिका एलिना चाैहानकाे स्वरमा रहेकाे ह्याप्पि हाेली गीत सार्वजनिक भएकाे छ ।
गायिका चाैहानकाे आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गीतको भिडियोमा गायिका चौहान, बिक्रम चौहान, बिजय पुन, स्मारिका ढकाल, समारिका ढकाल, लेखु सहयात्री, लगायतको अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् भने राजाराम सिंखडाको छायांकन रहेको छ ।
यस्तै गीतको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन भने विसम आचार्यको मिक्सिन तथा मास्टरिङ रहेको छ । यस्तै लेखु सहयात्रीको लेखन रहेको छ ।