कालिका मन्दिर दर्शन गर्न राष्ट्रपति भण्डारी बागलुङमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५६ दिन अगाडि
कालिका मन्दिर दर्शन गर्न राष्ट्रपति भण्डारी बागलुङमा

बागलुङ -  आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङ आइपुगेकी छिन् ।

बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आएकी हुन् । 

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरेका छन् ।

बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्ने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छन् ।