गोलकिपर किशोर गिरिले हिमालयन शेर्पा क्लबबाटै खेल्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४४ दिन अगाडि
गोलकिपर किशोर गिरिले हिमालयन शेर्पा क्लबबाटै खेल्ने

काठमाडौं - गोलकिपर किशोर गिरिले हिमालयन शेर्पा क्लबबाटै सहिद स्मारक 'ए' डिभिजन लिग खेल्ने भएका छन् ।

हिमालयनले सामाजिक संजालबाट गोलकिपर किशोरले नयाँ सिजनको लिग क्लबबाटै खेल्ने जनाएको छ । नयाँ सिजनको लिगका लागि हिमालयनले किशोरलाई क्लबमै राखेको हो ।उनले अघिल्लो सिजनको लिग शेर्पाबाटै खेलेका थिए ।

नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । यस अघि हिमालयनले मिडफिल्डर शुसिल राई, निशान लिम्बु,  डिफेन्डर संजय राजबाहक, सोनित दाहाल, खामिर गिल्सान र यदु सिलवाललाई अनुबन्ध गरेको थियो। यस्तै हिमालयनले दिवस उराउसँगको सम्झौता नविकरण गरिएको जनाएको छ ।