राष्ट्रपतिको निर्वाचन मतदाता नामावलीमा फरार सांसद कोइरी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६७ दिन अगाडि
राष्ट्रपतिको निर्वाचन मतदाता नामावलीमा फरार सांसद  कोइरी

काठमाडौं -निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ ।

जहाँ फरार सांसद लक्ष्मी चौधरी कोइरीको पनि नाम समावेश छ । उनी निलम्बनमा नपरेका कारण उनको नाम मतदाता नामावलीमा समावेश भएको निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् । मतदाता नामावलीका सम्बन्धमा दाबी, विरोध र उजुरी गर्ने समय सुरु भएको र उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने पनि आयोगले जनाएको छ । 

गत ४ मंसिरको चुनावमा महोत्तरी-१बाट निर्वाचित कोइरीमाथि मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई जबरजस्ती निकालेर हत्या गरेको आरोप छ । उनलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न भनेको छ । तर, प्रहरीले पक्राउ गरेको छैन् ।

मतदाता नामावली प्रकशन भएसँगै त्यसउपर विरोध र उजुरी गर्ने समय सुरु भएको छ । उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने आयोगले जनाएको छ । दाबी विरोधको उजुरीमाथि फागुन १२ गते दिउँसो ३ बजेसम्म छानबिन गरी दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यातालिका छ ।राष्ट्रपतिको पदको लागि १३ फागुनमा मनोनयन दर्ता र २५ फागुनमा मतदान हुनेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि २७ फागुनमा मनोनयन दर्ता र ३ चैतमा मतदान हुनेछ ।